विजय उत्सव मनाउन गएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा
काठमाडौं, बैशाख ७ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवल उपमहानगरपालिकामा कालोझण्डा देखाइएको छ ।
आज शनिबार जितगढी विजयी उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवकले कार्यक्रम स्थलमै प्रवेश गरेर कालोझण्डा देखाएका हुन् ।
दुईसय वर्षअघि तत्कालीन अंग्रेजलाई पराजित गरेको खुशियालीलाई आज जितगढी विजय उत्सव दिवस मनाउन लागेको थियो ।
करिब २ सय ४ वर्षअघि वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको थियो । जितगढीमा आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री केपी ओलीले कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक अनावरण र झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ ।
विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेसका सचेतक बालकृष्ण खाँडलगायतका शीर्ष नेता बुटवल गएका छन् ।
प्रतिक्रिया दिनुहोस्