विप्लवका २ जिल्ला सदस्यले दिए राजीनामा
काठमाडौं, बैशाख ६ । विप्लप पार्टीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् । अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका हुन् ।
उनीहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका हुन् ।
विप्लव माओवादी जिल्ला सदस्यहरु अर्घाखाँचीको शितगंगा नगरपालिका – १२ रजिया निवासी हामबहादुर रायमाझी र शितगंगा नगरपालिका– ११ ढुंगेसार निवासी देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्