मेलम्चीमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री मगर
काठमाडौं, बैशाख ५ । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान हुने बताएकी छन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन् ।
कार्यक्रममा बोल्दै उनले काठमाडौं उपत्यकामा रहेका ढुंगेधारा, तलाउ, पोखरीहरुको संरक्षणको काममा जुट्न पनि मातहतको निकायलाई निर्देशन दिइन् ।
प्रतिक्रिया दिनुहोस्