विप्लवका इन्चार्ज फेरिए, पाए पार्टीमा प्रकाण्डले जिम्मेवारी

काठमाडौं, बैशाख ५ । विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् ।

हाल सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको हो ।

मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेकाथिए ।

सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएसँगै सुदर्शन पक्राउ पर्ने उच्चस्तरीय नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्