नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली- दाहालको तयारी

काठमाडौं, वैशाख ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा चर्चा भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा केन्द्रीत रहेर नेतृत्व टुंगो लगाउनु पर्ने सुझाव दिएका छन् ।

तर, अध्यक्षद्वय ओली र दाहाल वैशाख पहिलो सातासम्ममा सहमति गर्ने, नभए ‘पेलेरै’ भए पनि नेतृत्वको घोषणा गर्ने निष्कर्षमा पुगेका छन् । –

प्रतिक्रिया दिनुहोस्