प्रधानमन्त्री निवास अगाडी विरोध प्रदर्शन

काठमााडौं, २ बैशाख । साझा पार्टीले प्रधानमन्त्री निवास अगाडी विरोध प्रदर्शन गरेको छ ।

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास नजिकैको जग्गासमेत व्यक्तिको नाममा विक्री गरिएको विरोधमा साझा पार्टीले सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको हो ।

प्रर्दशनको क्रममा ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानवीन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्ले कार्डहरु प्रर्दशन गरिएको थिए ।

कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडि नै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी बताए । उनले विरोध प्रर्दशनको माध्यामबाट भ्रष्टाचारी र बिचौलियाको फन्दामा नपर्न पनि सरकारलाई दवाव दिइएको बताउनु भयो ।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो ।

प्रवक्ता आचार्यले प्रधानमन्त्री निवासको जग्गा नै अपचलन गर्ने गम्भिर प्रकृतिको घटना बाहिर आएको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारलाई खबरदारी गर्न पनि सबै नागरिक समाज, पार्टी र संचारकर्मीहरुलाई पनि आह्वान गर्नु भयो ।

जग्गा विक्री गरिएको घटना बाहिर आएपछि सरकारले पनि त्याहाँको जग्गा विक्री गर्न रोक लगाउने निर्णय गरेको थियो । विवेकशील साझा पार्टीले सरकारको निर्णयको स्वागत गर्दै घटनाको सत्यतथ्य छानवीन गरी दोषीमाथि कडा कार्वाही गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्