सभापति देउवाले भने – सरकारले जनताको ढाड सेक्ने काम मात्र गरिरहेको छ

बैशाख, १। नेपाली कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले सरकार जनतालाई राहत नभई महंगी बृद्धि गरेर ढाड सेकाउनमा मात्रै तल्लिन रहेको बताएका छन् ।

नयाँ वर्षको शुभकामना आदान प्रदान गर्ने अवसर पारेर धनगढीमा देउवाले उक्त कुरा बताएका हुन् ।

उनले अहिलेको दुई तिहाई सरकार हत्या हिंसा जस्ता जंघन्य अपराधिक कृयाकलापमा रहेकालाई कानुनको दायरामा नल्याएर जग हसाँउने कार्य गरिरहेको आरोप लगाए ।

सामान्य काम गरेर खाने नेपालीहरुलाई करको भार थोपर्ने काम अहिलेको सरकारले गरिरहेको भन्दै सभापति देउवाले गफ मात्रै गर्ने तर कामको सिंको नभाँच्ने प्रबृत्तिमा अहिलेको सरकारमा रहेको आरोप लगाए ।

संसदमा प्रतिपक्षको भुमिकामा नेपाली काँग्रेसको उपस्थिति नभएको एक अर्को प्रश्नमा देउवाले दुई तिहाईकै सरकारमा रहेकाहरुले प्रतिपक्षको भुमिका खेलिरहेको भन्दै यो सरकारको आयु धेरै नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्