आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन : सिंह
काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले वर्तमान नेतृत्वले पार्टी एकलौटी ढंगले सन्चालन गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको विधान, नीति र कार्यकर्ताको भावनाविपरीत सन्चालन भएकाले आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दाबी गरे ।
उनले पार्टी नेतृत्वले आम जनतालाई विश्वासमा लिन नसकेको आरोप लगाउँदै आगामी महाधिवेशनमा उत्कृष्ट समूहबाट पार्टी नेतृत्व चयन गरिने जिकिरसमेत गरे ।
उनले न्याय परिषद्को सर्वोच्च र उच्च अदालतको न्यायाधीश छनोटमा स्वच्छता र पारदर्शी नभएको आरोप लगाउँदै वरिष्ठलाई पन्छाइ गरिएको निर्णय विधि र प्रक्रिया नमिलेकोप्रति कांग्रेसले विरोध गरेको बताए ।
उनले नेतृत्वले विधान उल्लंघन गरेका कारण नै नेविसंघलगायतका भ्रातृसंगठन र शुभेच्छुक संगठनको महाधिवेशन हुन नसकेको आरोप लगाए ।
नेता सिंहले निजी क्षेत्रलाई विश्वासमा लिइ कार्य गराउन सकेमात्र मुलुकमा आर्थिक समृद्ध कायम हुने धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्