रक्षामन्त्री पोखरेलले भने- सुशासन कायम गर्न नसक्दा जनतामा नैराश्यता

काठमाडौं, चैत २९ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले रक्षामन्त्री पोखरेलले सुशासन कायम गर्न नसक्दा जनतामा नैराश्यता बढ्दै गएको बताएका छन् ।

शुक्रबार काठमाडौंस्थित टंगाल माध्यमिक विद्यालयको ५६औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुनको अभाव हुँदा सुशासन कायम गर्न नसकेको बताए ।

सरकारको एक वर्ष कानुन निर्माणमा व्यतित भएको भन्दै उनले अझै कतिपय कानुन निर्माण गर्न बाँकी रहँदा सरकारको कामले गति लिन नसकेको स्वीकार गरे ।

उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वयको अभाव हुँदा विकासका कामले गति लिन नसकेको भन्दै अब सरकारले गति लिनेसमेत बताए ।

अर्को एक प्रसंगमा रक्षामन्त्री पोखरेलले शीर्ष नेतृत्वमा पार्टी एकताका विषयमा छलफल भइरहको भन्दै चाँडै पार्टी एकता टुंगिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्