महासचिव पौडेल निर्दोष रहेको भन्दै सरकारले बचाउन खोज्यो–वरिष्ठ नेता पौडेल

काठमाडौं, चैत २९ । शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारको कारण संघीयता संकटमा पर्ने अवस्थामा रहेको बताएका छन्।

संघियता बचाउन नेपाली कांग्रेस भ्रष्टाचारलाई प्रमुख एजेण्डा बनाएर अघि बढ्नु पर्नेमा उनले जोड दिए ।

बालुवाटारको भूमी काण्डमा नेकपाका महासचिव विष्णु पौडेल निर्दोष रहेको भन्दै सरकारको प्रवक्ताले बचाउन खोजेको आरोप लगाए।
ुउहाँलाई त झुक्याएको हो, उहाँको केही पनि दोष छैनु भनेर भनेकोमा उनले आपत्ति व्यक्त गरे। नेकपाका जति मान्छे भ्रष्टाचारमा मुछिन्छन् उनीहरुलाई जोगाउनका लागि नेतृत्व सक्रिय भएको पौडेलले आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्