कांग्रेस एकताको सन्देश पोखराबाटै सुरु हुन्छ : सभापति देउवा
काठमाडौं, चैत २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एकताको सन्देश पोखराबाटै सुरु हुने विश्वास व्यक्त गरेका छन्।
पर्यटकको हिसाबले राष्ट्रकै राजधानी पोखरामा छिट्टै नै हुने निर्वाचनमा एकता देखाएर चुनाव आफ्नो पक्षमा पार्नुपर्नेमा कांग्रेस सभापति देउवाले जोड दिए।
पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलीकप्टर दुर्घटनामा मृत्यु भएपछि कास्कीको निर्वाचन क्षेत्र नम्बर २ खाली छ।
त्यसै चुनावलाई लक्षित गर्दै सभापति देउवाले नेपाल महिला संघ नगर समितिको आयोजनामा नयाँ वर्ष २०७६ को अवसरमा शुक्रबार भएको शुभकामना आदान प्रदान कार्यक्रममा पार्टी भित्र गुट-उपगुट त्यागेर पोखराबाट एकताको सन्देश दिनुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्