स्वास्थ्य मन्त्री यादवले भने -सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिन्छौँ

काठमाडौं, चैत २८ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेक्रममा गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन्।

संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आए आफ्नो पार्टीको बाटो अलग हुने बताएका हुन्।

‘राजनैतिक कारणहरु, मधेसी, आदिवासी जनजातीका मुद्दाहरु, महिलाका मुद्दाहरु, दलितका मुद्दाहरु, पिछिडिएका वर्ग र समुदायका मुद्दाहरु अहिले पनि सम्बोधन हुन बाँकी छ। त्यसलाई सम्बोधन गरेर जाने सहमतीमा समझदारी भएकाले हामी सरकारमा गएको हो उनले भने ।

जुन कारणका लागि हामी सरकारमा समावेस भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति आयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला हाम्रो बाटो फरक हुन सक्ने यादवको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्