राजपाले भोलि देशैभर प्रदर्शन गर्ने, यस्ता छन् नौ सूत्रीय मागहरु
काठमाडौं, चैत २८ । संघीय सरकारबाट समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले नौ सूत्रीय माग राखेर आन्दोलन घोषणा गरेको छ । राजपाले भोलि देशैभर प्रदर्शन गर्ने जनाएको छ ।
आन्दोलनमा जुट्न आफ्ना कार्यकर्तालाई निर्देशन दिँदै राजपाले जिल्ला समितिहरुमा पत्राचार समेत गरेको छ ।
संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीहरुलाई तत्काल रिहाई गर्नुपर्ने भन्दै राजपाले आन्दोलन घोषणा गरेको हो ।
आन्दोलनकारीमाथिको मुद्दा फिर्ता गर्नुपर्ने, जन्मसिद्व नागरिककका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्नुपर्ने, लाखौं नेपाली नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र बन्द गर्नुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महंगी, वेरोजगारी अन्त्य गर्नुपर्ने, राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने र राज्य आतंक तथा लोकतन्त्रविरोधी गतिविधि बन्द हुनुपर्ने माग राजपाको छ ।
राजपा अध्यक्ष मण्डलीका संयोजक शरदसिंह भण्डारीले जिल्लाहरुमा गरेको पत्रमा चैत २९ गते प्रदर्शन गर्न भनिएको छ ।
प्रदर्शनका दिन प्रदर्शन र कोणसभा किन रु भन्ने शीर्षकमा मागहरु लेखी पर्चा छपाएर बितरण गर्न समेत निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्