सरकारले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको छ : मन्त्री बस्नेत

काठमाण्डौ, चैत २६ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको बताएका छन् ।

काठमाण्डौ र अन्य ठूला शहरमा ३ सय वटा विद्युतीय गाडी चलाउनेबारे मन्त्रिपरिषदले निर्णय गरेर प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै मन्त्री बस्नेतले सरकार जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न प्रतिबद्ध रहेको बताए ।

विश्व हरित वृद्धि संस्था (जीजीजीआई) सँग सम्झौता गर्न वन विभागमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघ संस्थासँग सहकार्य बढाउन चाहेको पनि बताए ।

मन्त्री बस्नेतले पर्वतीय अर्थतन्त्र र सामुद्रिक अर्थतन्त्रलाई जोड्न वातावरण संरक्षणका क्षेत्रमा काम गर्न आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्