पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा बसेको छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी आफू जिल्लामा नबसेको बताएका छन् ।
कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आज चितवनमा बधाई तथा शुभकामनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पार्टी एकतालाई अवरोध पुग्ने गरी जिल्लामा आफू अल्मलिएर नबसेको बताएका हुन ।
उनले आफु एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नै जिल्लामा आएको बताए ।
दुई तीन दिनसम्ममा निर्वाचन आयोगले सबै काम टुङ्ग्याउने भएकाले आफू जिल्ला आएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्