गृहमन्त्री थापाको निर्देशन- विप्लव समूहलाई नियन्त्रण गर्नुस्

काठमाडौं, चैत २५ । गृहमन्त्री रामबहादुर थापाले प्रतिबन्धित विप्लव समूहलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरुलाई निर्देश दिएका छन् । गण्डकी प्रदेशको सुरक्षा गोष्ठीमा आएका उनले आइतबार त्यहाँ त्यस्तो निर्देश दिएका हुन्।

‘जुनसुकै बाहनामा शान्ति खलल पार्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नुस्’, उनले सुरक्षाकर्मीलाई निर्देशन दिँदै भने, ‘संविधान विरोधी गतिविधि गर्नेलाई कारबाही गर्न कुनै कसर बाँकी नराख्नुस्।’

सुरक्षा गोष्ठीमा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरु सहभागी थिए। शनिबार सुरु भएको गोष्ठी आइतबार सकिएको छ। दुर्गमका स्थानीय तहमा विप्लव समूहका कार्यकर्ताले चन्दा आतंक मच्चाएको सीडीओहरुले सुनाएका थिए।

गोष्ठीमा विप्लव समूहका गतिविधि नियन्त्रणलाई प्रदेशको सुरक्षा चुनौतीका रुपमा छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्