प्रधानमन्त्रीको चेतावनी- भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाईए सैह्य हुने छैन
काठमाडौँ, चैत २४ । प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिन पनि सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई पनि सचेत गराए ।
आईतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं सञ्चालक समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारको गन्ध कहिँकतै आएको पाईए सैह्य नहुने चेतावनी दिए ।
कोषका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गरिवी निवारणको क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरेर मात्रै गरिवी निवारण कोषका लागि आगामी आर्थिक वर्षको बजेटको व्यवस्था गर्ने बताएको कोषका उपाध्यक्ष निर्मलकुमार भट्टराईले जानकारी दिए ।
कोषले गरिवी निवारण कोषको आर्थिक क्रियाकलापको अनुमगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ ।
त्यसैगरी ३२ हजार गरिवी निवारण कोषसँग सम्बन्धित संस्थाहरुलाई बजेटसहित स्थानीय तहबाट संचालन गर्ने निर्णय पनि गरिएको कोषका उपाध्यक्ष भट्टराईले जानकारी दिए ।
गरिवी निवारणसँग सम्बन्धित हाल ३२ हजार संस्थाहरु रहेका छन । उनीहरुको सञ्चालन र त्यसमा रहेको कोषको परिचालन पनि स्थानीय तहले नै गर्ने कोषले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्