हिन्दु राष्ट्र पुनस्र्थापना: लम्बियो राप्रपाको हस्ताक्षर अभियान
काठमाडौं, चैत २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी रुपमा सञ्चालन गरेको हस्ताक्षर संकलन अभियानलाई चैत्र मसान्तसम्म जारी राख्ने भएको छ । हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि दवाव दिने उदेश्यसहित चैत्र १७ गतेदेखि सुरु भएको सो अभियानलाई चैत्र मसान्तसम्म जारी राख्ने भएको हो ।
पार्टी अध्यक्ष कमल थापाको विशेष उपस्थितिमा आज सम्पन्न समितिको बैठकले चैत्र १७ देखि २३ गतेसम्म हस्ताक्षर संकलन अभियानलाई चैत्र मसान्त सम्म निरन्तरता दिने निर्णय गरेको जनाइएको छ ।
राप्रपाले सुरु गरेको यो अभियानमा नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने मान्यता राख्ने लाखौं नेपाली नागरिकहरुको सहभागिता बढ्दै गएपछि राप्रपामा थप उत्साह पैदा भएको छ ।
पार्टीद्वारा घोषित चैत्र २५ गते सिंहदरबार अगाडि गरिने धर्ना कार्यक्रमलाई पार्टीको शक्ति प्रदर्शनको रुपमा सफल पार्न पार्टीका सबै तहलाई सो बैठकले आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्