अन्तर द्वान्दमा काँग्रेस, सभापति देउवा रुष्ट, विशेष महाधिवेशन गरेर देखाउन चुनौती
काठमाडौं, २१ चैत । अन्तर द्वान्दमा फसेको नेपाली कांग्रेस फेरी सतहमै आएको छ । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुको भेलाले यस्तो विवाद र अन्तरद्वान्द सतमै आएको हो ।
सभापति शेरवहादुर देउवाले पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन असन्तुष्टि पक्षलाई चुनौती दिएका छन् । रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर जिल्ला सभापतिहरुको भेलाप्रति असन्तुष्टि जनाउँदै देउवाले सभापतिको हैसियतमा आफूले विशेष महाधिवेशन नडाक्नेसमेत बताएको छ ।
बिहिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले विशेष महाधिवेशन बोलाए आफू फेस गर्न तयार रहेको चेतवनी दिए ।
देउवलो भने ‘पार्टीको विशेष महाधिवेशन बोलाएर देखाउन म चुनौती दिन्छु, यदि कसैले महाधिवेशन गरेर देखाउछ भने म पार्टी सभापतिको हैसियतले त्यसलाई फेस गर्न तयार छु ।’
तर आफू पार्टीको सभापतिको हैसियतले भने महाधिवेशन भने देउवाले नडाक्ने प्रष्ट पारे । सभापति देउवाले पार्टीभित्र धेरै जिल्ला सभापतिहरु असन्तुष्ट नरहेको दावी गर्दै भेला बोलाउने सभापतिहरुलाई सानो झुण्डको संज्ञा दिए ।
देउवाले सानो झुण्डको जिल्ला सभापतिहरुको समुहले मात्र विशेष महाधिवेशन बोलाउन माग गर्दै आएको दाबी गरे । उनले असन्तुष्ट सभापतिहरुको संख्या २० जना मात्र रहेको भन्दै उनीहरुले विशेष महाधिवेशनको माग गर्न नमिल्ने समेत प्रष्ट पारे ।
देउवाले २० जनामात्र सभापति सहभागी भने पनि काठमाडौंमा जारी सभापति भेलामा ५१ जना सहभागी रहेको दावी आयोजकको छ । तर सभापति देउवाले बाहिर भने जतिको जिल्ला सभापतिहरु विशेष महाधिवेशन बोलाउने भेलामा सहभागी नभएको दाबी गरे ।
कांग्रेस विधान अनुसार विशेष महाधिवेशन डाक्ने अन्तिम अधिकार सभापतिमै छ । केही महिनाअधि मात्र महासमिति बैठकले पार्टीभित्र विवाद र अन्तरद्वान्द नरहेको सन्देश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्