मुख्यमन्त्री राई भन्छन् -विप्लवले बन्दुक बोक्नुपर्दैन, मुलुक समृद्धितिर लम्किसक्यो !
काठमाडौं, चैत १९ । विप्लव समूहले बन्दुक बोकिरहनुपर्ने अवस्था नरहेको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन्।
माप्य दूधकोसी गाउँपालिकाको समीक्षालय हल र प्रहरी चौकी भवन उद्घाटनमा पुगेका उनले मुलुक समृद्धिको दिशामा अघि बढिसकेको भन्दै संघीय संरचनाबाट मात्र विकास सम्भव भएको बताए।
उनले भने, ‘सडक, पिउनेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार, बेरोजगारी र गरिबी अन्त्यका लागि तीनै तहको सरकार लागिपरेका छन्।’ जनता ढाँट्ने सुविधा जनप्रतिनिधिलाई नभएकाले भन्दै उनले समृद्धि नआउला कि भन्ने शंका नगर्न सबैलाई आग्रह गरे।
पर्यटन र कृषिको विकास, जलस्रोतको उपयोगिता, रोजगारी सृजनालगायत विषयमा गम्भीर ढंगले प्रदेश सरकारल लागिपरेको उनको भनाइ थियो। हिमाल र तराई जोड्न लागि केचनापुरदेखि सगरमाथासम्म केवलकारको अवधारणा अघि बढाएको मुख्यमन्त्रीले बताए।
प्रदेश र संघीय सरकारसँग समन्वय गरेर दिगो विकासमा लाग्न स्थानीय तहलाई आग्रहसमेत गरे।
प्रतिक्रिया दिनुहोस्