राष्ट्रिय शोक घोषणा गर्न कांग्रेस सभापति देउवाको सरकारलाई आग्रह
काठमाडौँ , चैत १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बारा र पर्सामा हुरीबतासले मच्चाएको ताण्डवलाई राष्ट्रिय शोकका रुपमा लिन सरकारलाई आग्रह गरेका छन् ।
उनले ठूलो जनधनको क्षति भएको प्राकृतिक विपत्तिको यो घटनालाई राष्ट्रिय शोकका रुपमा लिन सरकारलाई आग्रह गरेका हुन् ।
हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानविय र भौतिक क्षति पु¥याएको छ । २७ जनाले ज्यान गुमाएको र ४ सयभन्दा बढि घाईते भएको प्राकृतिक विपत्तीले यो क्षेत्रको अवस्था निकै कठिन बनाएको छ । म सरकारलाई यति ठूलो विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन आग्रह गर्दछु ।
हाल हुरी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा रहेका देउवाले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै बारा र पर्साको हुरी प्रभावित क्षेत्रको अवस्था निकै कठिन रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्