कांग्रेसले भागबन्डा खोज्यो ! सबै ठाउँमा भागबन्डा पाईदैंन: प्रधानमन्त्री ओली

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले भागबन्डा खोजिरहेको आरोप लगाएका छन्।

आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रमुख प्रतिपक्ष दल कांग्रेसले हरेक कुरामा भागबन्डा खोजेको आरोप लगाएका हु्न्।

उनले भने, ‘सबै कुरामा कांग्रेस भागबन्डा खोजीरहेको छ।’ भागबन्डा नै खोजेर कांग्रेस संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएको ओलीले दाबी गरे।

प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवासँग परामर्श गरेरै प्रमुख निर्वाचन आयुक्त नियुक्तिको सिफारीस गरिएको ओलीको भनाई छ ।

‘देउवासँग परामर्श गरेरै प्रमुख निर्वाचन आयुक्तको सिफारिस गरिएको उनले बताए।

ओलीले सबै कुरा जानकारी भए पनि भागबन्डा खोजेरै अन्तिम समयमा देउवा बाहना बनाएर संवैधानिक परिषद्को बैठकमा उपस्थित नभएको बताए। उनले सबै ठाउँमा भागबन्डा नहुने स्पष्ट पनि पारे।

प्रतिक्रिया दिनुहोस्