हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले सुरु ग¥यो हस्ताक्षर अभियान
काठमाडौं, चैत १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाले गृह जिल्ला हेटौंडा पुगेर अभियान सुरु गरेका हुन् ।
‘हिन्दु राष्ट्र पुनर्स्थापना हस्ताक्षर संकलन अभियान’ लेखिएको ब्यानरमा हस्ताक्षर गर्दै उनले अभियान सुरु गरेका छन् ।
हिन्दु राष्ट्रका पक्षमा जनमत देखाउने उद्देश्यले हस्ताक्षर अभियान सुरु गरिएको सो पार्टीले जनाएको छ ।
७७ वटै जिल्लामा हस्ताक्षर अभियान सुरु भएको सो पार्टीले जनाएको छ । चैत २३ गतेसम्म हस्ताक्षर अभियान सञ्चालन हुने जनाइएको छ ।
सोमबारदेखि स्थानीय तहबाट पनि हस्ताक्षर संकलन गर्ने राप्रपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्