तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ, चैत१४ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छने ।

आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए ।

उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को आज उद्घाटन गर्दै उनले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताए।

नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको प्रधानमन्त्रीले स्पष्ट पारे

सरकारले मुलुकको विकासका लागि स्वदेशी लगानीलाई बढीभन्दा बढी प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, “देशभित्रको लगानी, साधनस्रोतको परिचालन र प्रविधिको प्रयोग तथा जनशक्तिको सदुपयोग गर्न सरकार गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्