उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पूँजीको निर्माण गर्न सकिनेः संयोजक भट्टराई

काठमाडौं, चैत १० । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले मुलुकलाई समृद्ध बनाउन राष्ट्रिय सहमतिका साथ अघि बढन सरकारलाई आग्रह गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले वस्तु तथा सेवाको उत्पादनमा जोड दिएर आवश्यक योजना बनाउन पनि सरकारलाई सुझाव दिए ।

आईतबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले तत्कालका निम्ति राष्ट्रिय औद्योगिक पूँजीमा जोड दिएर मात्रै समाजवादी उन्मुख अर्थतन्त्र निर्माण हुने भएकाले सोही अनुसारको योजना बनाउन पनि सरकारलाई सचेत गराए ।

संयोजक भट्टराईले राष्ट्रिय पूँजी निर्माणका लागि सरकार र निजी क्षेत्रले मिलेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

उत्पादन र उत्पादकत्व बढाएर मात्रै राष्ट्रिय पूँजीको निर्माण गर्न सकिने संयोजक भट्टराईको भनाई छ ।

संयोजक भट्टराईले राष्ट्रिय पूँजीको विकास गरेर मात्रै सामाजिक सुरक्षाको दायरालाई बढाउन सकिनेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्