राजपा र फोरमबीचको एकता प्रक्रिया अन्योलमा
काठमाडौं, चैत ९ । संघीय समाजवादी फोरम सरकारबाट बाहिरिनुपर्ने राष्ट्रिय जनता पार्टी राजपाको सर्तका कारण दुईपार्टी बीचको एकता प्रक्रिया अन्योलमा परेको छ ।
दुई नम्बर प्रदेशमा संयुक्त सरकार चलाइरहेका दुई पार्टीबीच केन्द्रमा पनि पार्टी एकीकरणका लागि फोरमले राजपासँग प्रस्ताव गरेको थियो । तर सरकारलाई दिएको समर्थन फिर्ता गरेको राजपाले सरकार छाडेर संविधान संशोधनको मुद्दामा साझा धारणा बनाउन फोरम नेपालसँग प्रस्ताव गरेपछि एकता प्रक्रिया अन्योलमा परेको हो ।
संघीय समाजबादी फोरमका केन्द्रीय सदस्य एवं दुई नम्वर प्रदेशका भूमि व्यवस्था कृषि र सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले आफ्नो पार्टी सरकारमा हुनुलाई राजपाले एकीकरणको प्रमुख अवरोध ठानेको बताए । यादवले भने, सरकारबाट फोरमको बहिर्गमनलाई एकताको मुख्य आधार मान्नु समयको बर्बादी मात्रै हो ।
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने संविधानलाई हेर्ने दृष्टिकोणमा एकरुपता भए सरकारको विषय प्राथमिक नहुने बताए ।
उनले भने, वार्ताको प्रस्ताव पनि गर्ने, खुरुखुरु गएर सरकारसँग काँध मिलाउने, वार्ता प्रक्रिया पनि अघि बढाउने, अनि कसरी हुन्छ सहमतिरु राजपा आफैँले पनि केन्द्रीय महाधिवेशनको तयारी गरिरहँदा दुई पार्टीबीचको एकता प्रक्रिया थप अन्योलमा परेको हो ।
प्रतिक्रिया दिनुहोस्