कांग्रेस सुधार्न जस्तोसुकै कदम चाल्ने,प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवालाई भावि प्रधानमन्त्री अघि सार्न सुझाव दिँदा पनि नमान्दा कांग्रेसको स्तर खस्किएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले चुनावअघि नै पद त्याग्न र भावि प्रधानमन्त्रीको रुपमा अर्को व्यक्तिलाई अघि सार्न आफूले सुझाव दिए पनि देउवाले नमानेको खुलासा गरे ।

आफूले दिएको यो सुझावमा देउवाले ध्यान नदिएको सिंहको भनाइ छ ।

कांग्रेस मृत अवस्थामा पुगेको भन्दै धेरै गुनासा र सुझावहरु आए पनि बेवास्ता गर्दा चुनावको नतिजामा असर परेको उनको ठहर छ ।

वर्तमान नेतृत्व ठीक नहुँदा कांग्रेसमा थुप्रै समस्या देखिएको उनले बताए ।  अब कांग्रेसलाई सुधार ल्याउने काममा जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्