विप्लवका मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) सहित ८ कार्यक्रर्ता पक्राउ

काठमाडौं, ९ चैत । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का मध्यकमान्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) सहित ८ नेतातथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।


नेपाल प्रहरीको विशेष व्युरोले ओलीसहित ८ नेता कार्यकर्तालाई शुक्रबार राति काभ्रेबाट पक्रेको हो । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एक उच्च अधिकारीले काभ्रेबाट बा १७ च ४८९३नम्बरको स्कारपियो जिपमा काठमाडौंतर्फ आइरहेका ओलीसहितका ८ नेता कार्यकर्तालाई काभ्रेको खानीखोला–७, मिल्चेबाट प्रहरीले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएकोछ ।

पक्राउ पर्नेमा हेमन्तप्रकाश ओली (सुदर्शन) सहित, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी र विजय श्रेष्ठ छन् । त्यस्तै, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने सबै मध्यकमाण्डका हुन् ।

प्रहरी स्रोतका अनुसार, नियन्त्रणमा लिइएका सबै नेता–कार्यकर्तालाई अहिले काभ्रेबाट काठमाडौं परिसर, टेकु ल्याइएको छ ।

यसअघि पनि प्रहरीले ओलीलाई नियन्त्रणमा लिन निकै प्यास गरेपनि भाग्न सफल भएका थिए । ओली त्यसको केहि लिनमा प्रहरीको नियन्त्रणमा परेका छन् ।

सरकारले विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि पक्राउ पर्ने ओली सबैभन्दा उच्च तहका नेता हुन् । ओलीले सम्हालेको मध्यकमाण्ड अहिलेसम्म सबैभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ पर्ने क्षेत्र बनेको छ । विप्लव पार्टीले सरकारलाई थ्रेट दिंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्