सांसदको छनोट अझै लागेन, के गर्दैछन् दलहरु ?

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य समानुपातिकतर्फको सिट बाँडफाँट गरेर दलहरुलाई उम्मेदवारको नाम पठाउन एक हप्ताको समय दिएपनि दलहरुले अझै नाम टुङगो लगाउन सकेका छैनन् ।

निर्वाचन आयोगले गत शनिबार दलहरुलाई एक हप्ताको समयभित्र उम्मेदवारको नामावली पठाउन पत्राचार गरेको थियो । निर्वाचन आयोगले प्रदेश प्रमुख नियुक्ती हुन नसक्दा प्रदेशसभाका सांसदमध्यबाट मुख्यमन्त्री चयन लगायतको प्रक्रिया लम्बिने बताएको छ ।

निर्वाचन प्रतिनिधिलाई कसले सपथ गराउने र कहाँ राख्ने भन्ने अन्यौलता कायम छ । दलहरुले अझै सांसदको नाम नपठाउँदा निर्वाचन आयोगले अन्य प्रक्रियामा जान ढिला भएको जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालले एक साताभित्रमा दलहरुले उम्मेदवारको नामवली पठाउनुपर्ने बताए ।

दलहरुले जतिछिटो नामवली पठाए आयोगले त्यहि अनुरुप काम गर्ने उल्लेख गरे । यता दलहरु भने नयाँ सरकार गठनको कसरतमा रहेकाले ढिला हुने देखिएको छ । कम्युनिष्ठ गठबन्धन, काँग्रेस लगायतका अन्यदलहरुपनि आन्तरिक छलफलमा जुटेका उम्मेदवारको नामावली पठाउन विलम्ब हुने देखिएको छ ।

निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको ३० दिनभित्र अधिवेशन आह्वान र ३५ दिनभित्र सरकार गठन गरी सक्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्