कम्युनिष्ट सरकारबाट जनता निराश ! मुुलुक द्वन्द्वमा जाने खतरा : नेता लेखक
काठमाडौं, चैत ७ ।काँग्रेस नेता रमेश लेखकले नेपालमा कम्युनिष्ट सरकार बनेको एक बर्षमै जनता निराश बनेको आरोप लगाएका छन् ।
बिहीबार बैतडी जिल्लाको शिवनाथ गाउँपालिकामा आयोजित कार्यक्रममा नेता लेखकले सरकारको कामकारवाहीबाट मुुलुक द्वन्द्वमा जाने खतरा बढेको हो कि भन्ने काँग्रेसलाई चिन्ता लागेको बताए ।
उनले कम्युनिष्टहरुले चौबाटोमा छोडेको संविधान नेपाली काँग्रेसले पूरा गरेको भन्दै २०६४ मा कम्युनिष्टको बहुमत हुँदा संविधान निर्माण गर्न नसकेको तर २०७० मा काँग्रेसले जित्दा देशमा संविधान निर्माण र तीन तहका चुनाव गरेर मुलुकलाई सहि दिशा प्रदान गर्न सहयोग गरेको दावी गरे ।
उनले काँग्रेसले शुरूवात गरेका विकास निर्माणका कार्य समेत वर्तमान सरकारको निर्देशनमा रोकिएको भन्दै सरकारको यो व्यवहारले कम्युनिष्टहरु विकास विरोधी प्रमाणित भएको बताए ।
प्रतिक्रिया दिनुहोस्