राजपाले गर्यो पाँच जना कर्मचारीको नियुक्त
काठमाडौं, चैत ७ । राष्ट्रिय जनता पार्टी(राजपा)नेपालले पाँच जना कर्मचारीको नियुक्त गरेको छ ।
राजपाका संयोजक महेन्द्र राय यादवको कार्यकालको अन्तिम दिन मंगलवार यसअघि विदा गरे तीन र नयाँ दुई कर्मचारी गरी पाँच जनालाई नियुक्त गरिएको छ ।
प्रदीप पाठक, रञ्जित निष्पक्ष र सुरेन्द्र मण्डल यसअघि पनि कार्य गरिसकेका छन् भने अभिषेक कर्ण र रामपुकार साह ९सुडी० नयाँ रहेका छन् ।
राजपा नेपालको महाधिवेशनलाई ध्यानमा राखी पार्टीको अभिलेखलगायत अन्य कागजातहरु चुस्तदुरुस्त राख्न पाँच कर्मचारी थप गरिएको पार्टी स्रोतले जनाएको छ ।
राजपा नेपालको एकताको भावना अनुकूल इमान्दार र निष्पक्ष कार्य सम्पादनको अपेक्षासहित नियुक्त गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्