दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकि छन् ।

क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गरी उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश हो भन्दै यहाँ मनाइने हरेक चाड पर्व राष्ट्रिय धरोहरका रुपमा रहेका छन् र यी चाडपर्वले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बताइन।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले ख्रीष्टियनको महान् पर्व ख्रीष्टमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रष्टीयनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबेै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्