अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान! भने -देशमा अस्थिरता पैदा गर्नेहरु विरुद्ध एक भएर उभिनुपर्छ ‘
काठमाडौं, चैत ३ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा व्यवस्था परिवर्तन, संविधान घोषणा तथा निर्वाचन गर्ने शक्तिहरु मिलेर अन्योलता र अस्थिरता पैदा गर्नेहरु विरुद्ध एक भएर उभिनुपर्ने बताएका छन्।
पत्नी सिता दाहालको उपचारको लागि आज अमेरिका प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा उनले आफ्नो अमेरिका भ्रमणको मुख्य उद्देश्य पत्नी सीताको उपचार नै भएको प्रष्ट पारे।
अमेरिकामा पत्नी सीताको बिरामीसँग सम्बन्धित उपचारको राम्रो र पछिल्लो प्रविधिको विकास भएको भन्ने थाहा पाएको र पत्नी सीताले पनि एकपटक अमेरिका लगिदिए सन्चो हुन्थ्यो कि भनेर केही महिनादेखि भनेकाले अमेरिका प्रस्थान गर्नुपरेको प्रचण्डले बताए।
अमेरिकामा राजनितिक भेटघाट पनि हुनसक्ने पनि उनले बताए।उनले आफू हप्ता दशदिनमा स्वदेश फिर्ता हुने बताए।
नेपालमा सिस्टम नै परिवर्तन भएकाले थुप्रै नयाँ संरचना र ऐनहरु बनाउनुपरेको भन्दै प्रचण्डले त्यसैकारण जनताबाट तिब्र विकास नभएको गुनासो सुनिएको बताए।
प्रचण्ड, उनका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गरेको हो।
अमेरिकाको जोन हकिङ्स् अस्पतालमा सीता दाहालको पिएपी रोगको उपचार हुनेछ।
प्रतिक्रिया दिनुहोस्