नेकपाले ९ स्थानीय तहको नेतृत्व टुङ्ग्यायो

काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय तह एकीकरण कार्यदलको बैठकले ताप्लेजुङका ९ स्थानीय तहका पार्टी कमिटीका ४ मुख्य पदमा सहमति जुटाएको छ।

सहमति जुटाउन ताप्लेजुङबाट इटहरी ओर्लिएको एकीकरण कार्यदलले इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवमा रहने व्यक्ति माथिल्लो कमिटीमा सिफारिस गरेको हो। तर कार्यदलले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन्।

यहाँ पूर्व एमालेले नगरपालिका सहित ५ वटा स्थानीय तहको पार्टी कमिटीको अध्यक्ष र ६ वटा पार्टी कमिटीको इञ्चार्ज पद पाएको छ।

यसैगरि पूर्व माओवादी केन्द्रले ४ वटा गाउँपालिकाको अध्यक्ष र नगरपालिका सहित ३ वटा स्थानीय तहमा इञ्चार्जको जिम्मेवारी पाएको छ।

प्रतिक्रिया दिनुहोस्