नेकपाका अध्यक्ष दाहाल आज अमेरिका जाँदै

काठमाडौँ, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आज अमेरिका प्रस्थान जाने भएका छन्।

अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार उनीहरु आज साँझ अमेरिका प्रस्थान गर्न गालगेका हुन् ।

अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ । सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्