‘मलाईलाई नै एक नम्बरमा मार्नुपर्छ’ भनेर विप्लव’ले टिम खटायो: प्रचण्ड

काठमाडौं, फागुन ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मार्न मान्छे खटाएको दाबी गरेका छन् ।

सँगै ‘जनयुद्ध’ लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको आरोप लगाउँदै उनले ‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ’ भनेर टिम खटाएको दस्तावेज भेटिँदा दुःख लागेको बताए ।

बिहीबार वाइसीएलले काठमाडौंको कोटेश्वर, पेरिसडाँडामा गरेको सहिद तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा उनले ‘प्रचण्डलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्छ त रु’ भन्दै प्रश्न गरे ।

आफूलाई मार्न टिम खटाउनेप्रति दया लागेको भन्दै उनले राम्रोसँग सोच्न आग्रह गरे ।

राज्य कानुनअनुसार अघि बढ्ने भन्दै उनले ‘जनयुद्ध’को योजनाकर्ता, नेतृत्वकर्ता र शान्ति–प्रक्रियाको पनि नेतृत्वकर्ता भएकाले अन्तिमसम्म लडिराख्ने बताए ।

‘विप्लवले प्रचण्डजस्तै बन्छु भनेर नक्कल गरेको’ भन्दै उनले देशमा राजतन्त्रपनि नभएको र २०५२ सालकोजस्तो परिस्थिति पनि नभएकाले विप्लवले केही गर्न नसक्ने बताए ।

आफूहरुकै कारण देशमा परिवर्तन भएको दाबी गर्दै दाहालले भने–‘यसकाविरुद्ध लाग्नु भनेको निरंकुशता ल्याउन सघाउनु हो ।’

प्रतिक्रिया दिनुहोस्