सरकारको नेतृत्व प्रचण्डले गर्नपर्छः नेता साह

काठमाडौं । माओवादी केन्द्रका नेता एवं विनाविभागिय मन्त्री प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन् ।
भावि प्रधानमन्त्रीमा सबैभन्दा ठूलो दल एमालेको अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुने निश्चित भएको अवस्थामा माओवादी केन्दैको नेता साहले यूस्तो कुरा बताएका हुन् ।
साहले प्रतिनिधिसभा र प्रदेशसभा चुनावअघि एमाले र माओवादी केन्द्रबीच अढाई÷अढाई वर्ष सरकारको नेतृत्व गर्ने र हरेक पक्षमा माओवादीले चालीस प्रतिशत सिट पाउने भद्र सहमति भएको बताउँदै बिनाविभागीय मन्त्री साहले शान्तिप्रक्रिया र संविधान निर्माणका अनेक विषयलाई सम्बोधन गर्न सरकारको नेतृत्व गर्ने अढाई वर्षको पहिलो पालो प्रचण्डलाई दिनु पर्ने उनले बताए ।
पहिलो अढाई वर्ष दाहालले सरकारको नेतृत्व गर्दा मधेसी, आदिबासी, जनजाति, मुस्लिम तथा पिछडिएको वर्गको सहानुभूति प्राप्त हुने र संविधानमा रहेका असन्तुष्टि सम्बोधन गर्न पनि सबैको साथ लिन सकिने उनको ठहरछ ।
एमाले र माओवादी गठबन्धनले ६ वटै प्रदेशमा पनि स्पष्ट बहुमत प्राप्त गरेको तर प्रदेश २ मा भने वाम गठबन्धनको राम्रो जनाधार नहुनुमा मधेसका जनताको वामपन्थीप्रति असन्तुष्टि रहेको प्रस्ट रुपमा देखिएको उनले बताए । उनले मधेसमा वामपन्थीको जनाधार बढाउने पनि दाहालकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने प्रष्ट्याए ।
उनले चुनावअघि भएको सम्झौता र भद्र सहमतिलाई दुवै पक्षले अक्षरशः पालन गरे वाम गठबन्धनमा कुनै विवाद नआउने स्पष्ट पारे । शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्री भएका साहले एमालेको व्यवहारमा वाम एकता निर्भर रहने पनि बताए । उनले नेपाली जनताले वाम गठबन्धनलाई वाचाअनुसार पाँच वर्ष सरकार चलाउन बहुमत दिएका ले स्थिर सरकार र राजनीतिक स्थिरता दुवैका लागि इमानदार भएर एमाले र माओवादीले सहकार्यको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्