नेता नेपालले भने -विप्लवमाथि हतारको प्रतिबन्ध लगाइनु राम्रो होइन, यस्तोमा सरकारलाई साथ दिन सकिँदैन

काठमाडौं, फागुन २९ । नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले पार्टीमा विना कुनै छलफल हतारमा विप्लव समूहलाई प्रतिबन्ध लगाइनु राम्रो नभएको बताएका छन् ।

संघीय संसद भवनबाहिर पत्रकारलाई प्रतिक्रिया दिँदै नेता नेपालले गम्भीर विषयमा पार्टीमा छलफललै नगरी निर्णय गर्ने कार्यशैली ठीक होइन, भनेका हुन् ।
आफूहरुसँग छलफल नगरिएकाले यसमा सरकारलाई साथ दिन नसकिने बताउँदै उनले भने, ‘पार्टीभित्र छलफल भएको छैन । पार्टीभित्र गम्भीर विषयमा छलफल हुनु पर्दथ्यो । यस्तो चलन ठीक होइन, राष्ट्रिय महत्वका मूल एजेण्डा उठाउनुभन्दा पहिले बैठक बोलाउनुपर्छ, बैठकमा छलफल हुनुपर्छ, यस्तो किसिमको कार्यशैली उचित होइन ।’

नेता नेपालले अहिले सरकारमै पनि घनिभूत छलफल गरेर, तयारी गरेर, पर्याप्त छलफल गरेर भन्दा प्रचारात्मक कुरामा जाने प्रवृत्ति देखिएको बताए । ‘कुनै पनि चिजको निम्ति राम्रो, गम्भीर तयारी गरेर, पर्याप्त छलफल गरेर सरोकार भएका ठाउँमा छलफल चलाएर कदम चाल्नुपर्ने हो, अपरिवक्व ढंगले निर्णय गरेको देखियो’ उनले भनेका छन् ।

उनले, ‘सरकारले सबै पक्ष सोचेरै गरेको होला भन्ने अनुमान गरौं । सोधेपछि, सल्लाह गरेपछि अरुले पनि जिम्मा लिन्छन्, डिफेन्ड गर्छन् मौरीजस्तो जाइलाग्छन्, वास्तै गरिएन भने किन जिम्मा लिने ?’ भनेका छन् ।  यस्तै नेता नेपालले मुलुकको सार्वभौमसत्ता, राष्ट्रियता, शान्ति सुरक्षा र सरकारको वैधानिकता स्वीकार गर्ने कुरामा कुनै बाधा आएमा पन्छाउनुपर्ने भएपनि निर्णय लिँदा गम्भीर छलफल हुनै पर्छ, भने ।

प्रतिक्रिया दिनुहोस्