राष्ट्रपति विरुद्ध विद्यार्थी संघले गरे नारावाजी

काठमाडौं । नेपाल विद्यार्थी संघले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेश पारितलाई राष्ट्रपतिले रोकेर नाङ्गो नाच देखाएको भन्दै राष्ट्रपति विरुद्ध सडकमा उत्रिएको छ ।
संघले आइतबार राष्ट्रपति विरुद्ध प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनमा सहभागीहरुले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगायनुका साथै व्यानर बोकी प्रदर्शनमा उत्रिएका थिए ।
राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको नेवि संघको आरोप छ ।
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्रपति जस्तो गरिमय संस्थाबाट सरकारले लगेको अध्यादेशलाई रोक्नु गैर जिम्मेवार काम भएको बताए । यसले राष्टपतिको गरिमामाथी नै आँच आउने बताए ।

प्रतिक्रिया दिनुहोस्