कांग्रेसको आरोप : ओली नेतृत्वको सरकार बनेपछि हत्या हिंसा बढ्यो
काठमाडौँ , फागुन २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर आफ्ना कार्यकर्तामाथि भइरहेको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै देशका विभिन्न स्थानमा तरुण दलका नेता कार्यकर्तामाथि भइरहेको आक्रमणप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो पटक सोमबार राति रुपन्देहीको देवदहमा तरुण दल देवदह नगर कार्यसमिति सदस्य अनिस पुरीको हत्या भएको घटनाले कांग्रेस स्तब्ध भएको जनाउँदै खाणले दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।
ुराजनैतिकरुपमा प्रतिबद्ध र समाजसेवी, तरुण नेता अनिस पुरीको हत्याले स्तब्ध र दुःखी बनाएको छु, खाणले भनेका छन्, ुउनका हत्याराहरुलाई अविलम्ब कानूनी कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछु ।ु
तरुण दलका नेता र कार्यकर्तामाथि भइरहेको श्रृंखलावद्ध आक्रमण रोक्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । यदि दोषीमाथि कारबाही नभए तरुण दलले आफ्ना नेता र कार्यकर्ताको रक्षाका लागि कठोर कदम चालेमा त्यसको जिम्मेवारी सरकार र सम्बद्ध पक्षले लिनुपर्ने छु, खाणले भनेका छन् ।
कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि हत्या हिंसाका घटना बढिरहेको पनि आरोप लगाएको छ। वर्तमान सरकार गठनपछि हत्या, हिसांका घटनाहरु बढिरहेका छन् ।
यस्ता घटनाको नियन्त्रण गर्दै शान्ति, सुव्यबस्था कायम गर्न सरकार असक्षम र निरीह बन्दै गइरहेको छु, विज्ञप्तीमा भनिएको छ, आमनागरिकलाई सुरक्षा दिन र मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकारको मुख्य दायित्वप्रति गम्भीर बन्न ध्यानाकर्षण गर्दछौँ ।
प्रतिक्रिया दिनुहोस्