दमौलीमा विप्लवका गतिविधिमाथि कडाई, पार्टीको गतिविधिमाथि कडा निगरानी
काठमाडौं, २८ फागुन । नेपाल बन्दसहितका कार्यक्रमअघि बढेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताका गतिविधिमाथि तनहुँ प्रहरीले कडाई गरेको छ।
विस्फोट लगयतका घटना यसपटक पनि दोहोरिन सक्ने भएकाले प्रहरीले पार्टीको गतिविधिमाथि निगरानी बढाएको हो।
नाम उल्लेख गर्न नचाहने जिप्रका तनहुँका एक उच्च तहका प्रहरी अधिकृतले गृह मन्त्रालयबाट पार्टीका गतिविधिमाथि कडा निगरानी राख्न सर्कुलर आएको बताए।
प्रहरीले डुम्रेबाट नेकपाका जिल्ला कमीटीका सदस्यलाई समेत पक्राउ गरेको छ।
घरमै रहेका बेला जिल्ला सदस्य प्रेम शाहीलाई विहान करिब ५ बजे नै गिरफ्तार गरिएको पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले बताए।
एक प्रेस विज्ञप्ति नै जारी गर्दै उनले पार्टीका शान्तिपूर्ण विरोधका कार्यक्रममा वर्तमान सरकारले हस्तक्षेप गरेको जिकिर गरेका छन्। पुनले विज्ञप्तिमा संकटकाल बिर्साउने गिरफ्तारी भएको जिकिर गरेका छन्।
प्रतिक्रिया दिनुहोस्