पार्टी एकताको विकल्प छैन: अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पप कमल दाहाल(प्रचण्ड) ले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता अन्तिम चरणमा पुगेको र यसमा कुनै विकल्प नरहेको बताएका छन् ।

आज नेपाल बुद्धिजीवी परिषद् र नेपाल बुद्धिजीवी संगठन चितवनले आयोजा गरिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै दाहालले दुई पार्टी एकता जनताको अभिमतले अनुमोदन गरिसकेको दावी गर्दै अध्यक्ष दाहालले पार्टी अध्यक्ष सरकारको नेतृत्व फरक हुने बताए । उनले पार्टी एबकता आजको आवश्यकता भएबमो समो बताए ।

उनले एकताबाट दुवै पार्टी पछि हट्ने कुरा नभएको बताउँदे उनले भने, “दुवै नेतृत्वमा पार्टी एकता नहुने कल्पनासमेत छैन । हामी पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेको होइन ।” संगठन मिलाउँदा कठिन हुने जटिलताको विकल्प आफूहरुले सोचिसकेको बताउँदै नेता दाहालले भने, “पछि हट्ने विकल्प छैन ।” उनले राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय प्रणाली सम्भव छैन भन्दै विपक्षमा रहने काँग्रेसको प्रतिनिधित्व गराउँदा भने राम्रो हुने बताए । उनले, “काँग्रेसको प्रतिनिधित्व नहुँदा वामपन्थीका लागि पनि खुशीको कुरा होइन, प्रतिपक्ष सहभागी हुँदा बहस र छलफलले जीवन्तता लिन्छ ।” उनले राजनीतिक स्थायित्व र विकासको लागि अब ढोका खुलेको र एकले आर्काको अथित्वलाई स्विकार गरेर अगाडि बढनु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्