सरकारले सिके राउतलाई मूलधारमा ल्याउने नाउँमा राष्ट्रघाती सम्झौता गर्यो – देउवा
काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका छन् ।
सभापति शेरबहादुर देउवाले वाइड बडीुको सम्बन्धमा छानबिन हुनुपर्ने बताए।
नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने जिकिर गरे।
सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाएका छन्।
फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुश लगाउन खोजेको सभापति देउवाको आरोप थियो। उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे।
वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो। प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि कांग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो।
प्रतिक्रिया दिनुहोस्