सरकारले राष्ट्रिय अखण्डतामा प्रहार गर्यो: बरिष्ठ नेता पौडेल
काठमाडौं, फागुन २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राष्ट्रिय अखण्डतामा प्रहार गरेको आरोप लगाएका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सरकारले सिके राउतसँग गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियतामाथि नै प्रहार गरेको आरोप लगाएका हुन् ।
राउतसँगको सहमति गर्दा सरकारले परिपक्व व्यवहार देखाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पृथकतावादी आन्दोलन सकिएको भनेर प्रचारमात्र गरिरहेको उनको भनाइ थियो ।
साथै उनले राष्ट्रिय अखण्डतामाथि कुनै पनि आशंका हुने गतिविधि नगर्न चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्