राजनीतिक अवस्था र जनताका आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्रीसँग नियमित छलफल भएको छ: अध्यक्ष प्रचण्ड
काठमाडौँ, २७ फागुन । सिके राउतसँग ११ बुँदे सहमत गरेपश्चात नेपालको राजनीतिक अवस्था झनै ध्रविकरण बढेको छ । यसले प्रतिक्षदल मात्र होइन सत्तारढ दल नै विभाजित हुनुका साथै असन्तुष्ट भएका छन् ।
यस्तै बेला नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक अवस्था र जनताका आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग नियमित छलफल भइरहेको बताउनुभएको छ । राष्ट्रिय कृषि आयोगले अबबाज यहाँ आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा उहाँले विकासका काममा प्राथमिकता छुट्याएर गर्नका लागि छलफल भइरहेको बताउनुभएको हो ।
सरकार गठनको पहिलो वर्षमा कतिपय महत्वपूर्ण काम भएको उहाँले औँलाउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको शुरुआतसँगै संविधानको कार्यान्वयनका लागि विभिन्न कानून निर्माण र छिमेकीसँगको सम्बन्ध सुधारका काम यो एक वर्षमा भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सरकारले किसानका जीवनमा प्रत्यक्ष असर गर्ने के भयो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण रहेको छ । उहाँले भन्नुभयो, “आगामी बजेटमा जनताका गुनासो सम्बोधन गरेर अघि बढ्न छलफल भइरहेको छ ।”
प्रधानमन्त्री ओलीले सरकारले कृषि क्षेत्रका सुधारका लागि सबैभन्दा पहिले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँलाउनुभयो । शिक्षामा आमूल परिवर्तनले मात्रै कृषिमा आधुनिकीकरण, उत्पादन वृद्धि र रोजगारी बढ्ने उहाँले बताउनुभयो ।
सरकारले शिक्षा, विज्ञान र प्रविधिका क्षेत्रमार्फत कृषिको विकास गर्न सक्छ । उहाँले भन्नुभयो, “कृषिमा आधारित उद्योगले मात्रै आर्थिक विकास सम्भव छ ।” पूर्वमन्त्री हरिबोल गजुरेलले कृषिलाई कसरी सम्मानित पेशाका रुपमा स्थापित गर्ने चुनौतीका रुपमा रहेको औँलाउनुभयो ।
पूर्वमन्त्री गणेश साहले एउटा किसानको आम्दानी बढ्दा त्यसको बहुआयामिक प्रभाव परिवार र समुदायमा पर्ने बताउनुभयोे । पूर्वमन्त्री हरिप्रसाद पराजुलीले खाद्य सुरक्षा किसानको अधिकारसँगै उपभोक्ताको अधिकारसँग जोडिएको बताउनुभयो ।
पूर्वमन्त्री शान्ता मानवीले निजामती कर्मचारी राजनीतिक परिवर्तनसँगै बदलिन खाँचो रहेकामा जोड दिनुभयोे । आयोगका अध्यक्ष चित्रबहादुर केसीले आयोगले खाद्य सम्प्रभूता र किसान अधिकारको विषयमा अन्तर्राष्ट्रि«य स्तरमा वकालत गर्नका लागि सम्मेलन महत्वपूर्ण भएको बताउनुभयो । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा ११ देशका झण्डै २०० सहभागी रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्