रुपन्देहीमा नेकपालाई धक्का : गाउँपालिका अध्यक्ष शुक्लाद्वारा पार्टी परित्याग !

काठमाडौँ,फागुन २६ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका प्रमुख जीतेन्द्रनाथ शुक्ला (बब्लु)र प्रदेश सभा सदस्य उम्मेदवार पल्लवी शुक्लाले पार्टी परित्याग गरेका छन ।

आइतबार आफ्नै निवास मर्चवारमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख शुक्ला र उनकी श्रीमतीसमेत रहेकी प्रदेश सभा सदस्य उम्मेद्वार पल्लवी शुक्लाले नेपाल कम्युनिष्ट पार्टी नेकपा छोडेको घोषणा गरेका हुन।

सयौंको संख्यामा रहेका आफ्ना कार्यकर्ता र समर्थकसहित पार्टी छोडेको बताएका शुक्लाले नेकपाको मर्चवारलाई हेर्ने दृष्टिकोण ठिक नभएको र पार्टीबाटै उपेक्षित हुनुपरेकाले नेकपा छोडेको बताए ।

स्थानीय चुनावमा बिजयकुमार गच्छेदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिकबाट चुनाव जितेका शुक्ला प्रदेश सभाको चुनाव अगाडि तत्कालीन एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्