आज एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित दुवै पार्टीको शीर्ष नेताहरुको बैठक बस्न लागेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए। उनका अनुसार बैठकमा सरकार गठनसँगै राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयकका विषयमा समेत छलफल हुनेछ ।

राष्ट्रिय सभामा एकल संक्रमणीय वा बहुमतिय कुन बाटोबाट अघि बढ्ने भन्नेमा कम्युनिष्ट गठबन्धनबीच एउटै धारणा बनाएर कांग्रेस र अन्य राष्ट्रिय दलसँग छलफल गर्ने तयारी भएको माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताए । एमालेले बहुमतिय प्रणालीबाट अघि बढ्नुपर्ने बताइरहँदा नेपाली कांग्रेस एकल संक्रमणिय प्रणालीबाट अघि बढ्ने पक्षमा छ ।

कांग्रेस एमाले दुबैलाई मान्य हुनेगरी सहमति जुटाउने पक्षमा माओवादी केन्द्र रहेको र त्यसै अनुसार नेताहरुले गृहकार्य गरिरहेका तिमल्सेनाले बताए । राष्ट्रियसभा गठनको विषय टुंगिएपछि सरकार गठनको प्रक्रिया पनि अघि बढ्ने माओवादी स्रोतले जनाएको छ ।