सीके राउतसँगको सहमतिमा नेकपाभित्र तीब्र विवादः वामदेव र नारायणकाजीको आपत्ति
काठमाडौं, फागुन २४ । सरकारले सीके राउतसँग गरेको सहमतिमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्र तीब्र विवाद देखिएको छ ।
नेताद्वय वामदेव गौतम र नारायणकाजी श्रेष्ठले राउतसँग गरिएको सम्झौताको भाषामा आपत्ति जनाएका हुन् ।
स्वतन्त्र मधेश गठवन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिलाई अनुमोदन गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकमा नेताद्वयले आपत्ति जनाएका हुन् ।
‘पृथकतावाद छोडेर राष्ट्रिय अखण्डता कायम गर्न हामी सम्झौता गर्छौं’ भन्ने भाषा प्रयोग गरि गरिएको सम्झौताप्रति दुई नेताले आपत्ति जनाएका हुन् ।
सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट राउतले हस्ताक्षर गरेको १० बुँदे सम्झौतालाई बैठकमा पेश गरिएको थियो ।
सरकारले गरेको सम्झौतालाई पार्टीले स्वीकार्न नसक्ने गौतम र श्रेष्ठको भनाइ रहेको स्रोतले जनाएको छ । सम्झौता दुई देशको जस्तो गरी भएको र सीके राउतको प्रतिवद्धता कतै नदेखिएको भन्दै गौतम र श्रेष्ठले आपत्ति जनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्