भैरहवा पुगेर दाहालले के भने त ?
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक दुई जनाले विरोध गर्दैमा पार्टी एकता नरोकिने बताएका छन् ।
नेकपा माओवादी केन्द्र रुपन्देहीले आज भैरहवामा गरेको बधाइ तथा शुभकामना कार्यक्रममा अध्यक्ष दाहालले नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच एकता गर्ने विषयमा कुनै समस्या नरहेको बताएका हुन।
उहाले आफूहरु एकताप्रति इमान्दार रहेकाले एकता विरोधी गतिविधिमा नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरे ।
पार्टी एकता गरेर मुलुकमा राजनीतिक स्थायित्व दिने सोच आफूहरुको भएकाले उनले बताए ।
अध्यक्ष दाहालले राष्ट्रिय सभा निर्वाचनसम्बन्धी देखिएको विवाद छिट्टै अन्त्य हुने दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्