राजनीतिक दलहरुको ध्यान प्रदेश सरकार गठन तर्फ

काठमाडौं । राजनीतिक दलहरुले प्रदेश सरकार गठनको छलफल सुरु गरेका छन् । निर्वाचन आयोगले सातवटै प्रदेशमा दलहरुले पाएको समानुपातिक सिट सार्वजनिक गरेसँगै दलहरुले प्रदेश सरकार गठनको छलफल सुरु गरेका हुन् ।

अन्तिम नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमालेले एकल बहुमत ल्याएको छ । प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले बहुमत पाएको छ । यस्तै प्रदेश ४ र ५ मा कम्युनिष्ट गठबन्धनको बहुमत आएको छ । प्रदेश नम्बर ६ मा पनि कम्युनिष्ट गठबन्धनले दुई तिहाई सिट प्राप्त गरेको छ भने प्रदेश ७ पनि कम्युनिष्ट गठबन्धनकै बहुमत देखिएको छ ।

प्रदेश नम्बर २ मा मधेसवादी दलको गठबन्धनले सरकार बनाउने भएका छन् भने अन्य प्रदेशमा कम्युनिष्ट गठबन्धनको सरकार बन्ने देखिएको छ । यसअघिको संसदमा पहिलो ठूलो दल नेपाली कांग्रेसको भने कुनै पनि प्रदेशमा बहुमत आएको छैन ।

प्रतिक्रिया दिनुहोस्